काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धनमा व्यापक छलफलको जरुरी रहेको नेताहरुले बताएका छन् ।
यहीबीचमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले अध्यक्ष प्रचण्डसँग गरेको वार्ताले चर्चापरिचर्चा पाएको छ। शनिबार साँझ गरिएको भिडियो वार्तामा के भयो ? अहिलेसम्म बाहिर कुरा आएको छैन ।
सुङले चीन नेपाल मित्रता, वल्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको मन्तव्य, चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे छलफल गरिएको भनिएको छ ।
तर कतिपयले संसदमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा छलफल भएको बताएका छन् । गठबन्धनको शनिबार बेलुकी बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदल सहितका चार दलका शीर्ष नेताहरुको अलग्गै बालुवाटारमा बैठक बसेका थिए।
बैठकमा एमसीसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएको नेताहरुले बताएका छन् । बैठक र चिनियाँ नेताको छलफलले गठबन्धनमा पहिरो जानसक्ने नेताहरुले आशंका व्यक्त गरेका छन् ।
कतिपय नेताहरु गठबन्धन भाड्नका लागि चलखेल भइरहेको बताउँछन् भने कतिपयले गठबन्धन नटुट्ने यदि टुटिहालेपछि देउवालाई फरक नपर्ने अभिव्यक्ति दिएका छन् ।
