‘शंका’ अमेरिकाबाट सार्वजनिक

‘शंका’ अमेरिकाबाट सार्वजनिक

काठमाडौं । फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । सम्राट क्रियसन युट्युव च्यानलबाट सर्ट फिल्म सार्वजनिक गरिएको हो ।

अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा फिल्म छायांकन गरिएको हो । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्यालको अभिनय रहेको छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन, सन्दिप अर्यालको व्यवस्थापनमा फिल्म तयार गरिएको हो । भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । श्रीमान–श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ ? भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.