प्रतिनिधिसभा बैठक बस्दै: एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधिसभा बैठक बस्दै: एमसीसी टेबल गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसद्मा छलफल हुनुपर्ने सहमति जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी)ले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख छ।

कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले संसदमा पेश गरेर छलफल गर्न तयार भएको बताएको छ। दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन।

 


Thali Mobile Pvt.Ltd.