भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिबन्धलगाएपछि साढे सात करोडकाे छोकडा बन्दरगाहमा राेकियाे

प्रतिबन्धलगाएपछि साढे सात करोडकाे छोकडा बन्दरगाहमा राेकियाे

काठमाडाैं । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले बताए ।

छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए । विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको नगनित अग्रवालले बताए ।

उनले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गरे । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.