भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रदर्शनकारी र प्रहरीको झडपमा परी १५८ जना घाइते

प्रदर्शनकारी र प्रहरीको झडपमा परी १५८ जना घाइते

काठमाडौं । पूर्वी जेरुसेलमको अल अक्सा मस्जिदमा छापा मार्दा कम्तिमा १ सय ५८ जना प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायली सेनाले कब्जा गरेको सो मस्जिदबाट सयौंको संख्यामा प्यालेस्टाइनीलाई नियन्त्रणमा लिएको अधिकारीहरुले जनाएका छन् ।

बिहानको प्रार्थनाका लागि मस्जिदमा भेला भएको बेला सेनाले छापा मारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुरक्षाकर्मी पुगेलगत्तै मस्जिदमा रहेका प्यालेस्टाइनीहरुले ढुंगामुडा गरेको सेनाको दावी छ ।

स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास र ग्रेनेड प्रहार गरेको छ । सो मस्जिदमा एक वर्षयताको सबै भन्दा ठूलो आक्रमण हो ।

अल अक्सामा सुरक्षाकर्मीको उपस्थितिलाई प्यालेस्टाइनीहरुले उत्तेजकको रुपमा हेर्दा बेला बेलामा झडप हुने गरेको छ । इजरायली प्रहरीले घटनास्थलबाट तीन सय भन्दा बढी प्यालेस्टाइनीलाई पक्राउ गरेको दावी गरेको छ ।

तर प्रदर्शनकारीले चार सयको हाराहारीमा पक्राउ परेको दावी गरेका छन् । मस्जिदमा आक्रमण भएलगत्तै त्यसको नियन्त्रणका लागि आफूहरुले बल प्रयोग गरेको प्रतिक्रिया प्रहरीले दिएका छन् ।

सो मस्जिदमा करिब ६० हजार मानिस प्रार्थनाका लागि भेला भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.