भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारले विरोध कार्यक्रम गर्दै

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारले विरोध कार्यक्रम गर्दै

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा आइतबारबाट प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै विरोधका कार्यक्रम सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतमा आजबाट विहान १० बजेदेखि ११ बजेसम्म लगातार तीन दिन कालोेपट्टी बाँधेर विरोध गर्ने कार्य कार्यक्रम रहेको बार एशोसिएशनले जनाएको छ । त्यस्तै प्रधानन्यायाधीश जबराको शैली र प्रवृत्तिविरुद्ध न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आजपनि इजलासमा नबस्ने बताएका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, विकृति, भ्रष्टाचार, विसंगति रोक्न नसकेको र न्यायलयको गरिमा कायम राख्न नसकेको कारणले उनको राजीनामा मागेको नेपार बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए । सर्वोच्च अदालका बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा आज अदालत आउदैछन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।

नेपाल बारका अनुसार गत कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । यहि १६ गतेसम्म पनि राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.