भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लागुऔषधसहित भारतीय नागरिक काठमाडौंमा

लागुऔषधसहित भारतीय नागरिक काठमाडौंमा

काठमाडौं । लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट काठमाडौं आएका उनलाई ना ८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यता बिराटनगर महानगरपालिका–१५ हुलास मेटलस्थित सडकबाट ४ केजी अवैध लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने ५२ वर्षीय तेज बहादुर राई र सोही ठाउँ बस्ने ४१ बर्षीय पदम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । भारततर्फ जाँदै गरेको २ ह ७२४१ नम्बरको अटोलाई मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको गाँजा सहित पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.