भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्रीलाई पत्रः दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

प्रधानमन्त्रीलाई पत्रः दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

काठमाडौं । प्यालेस्टाइनको अतिवादी समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीहरु मारिएसँगै त्यहाँ रहेका बाँकी विद्यार्थीले नेपाल फिर्तीको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएका छन् । तीन वटा त्रिभुवन विश्वविद्याल, कृषि तथा बन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका गरी २ सय ६५ जना विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायलको विभिन्न स्थानमा छन् ।

इजरायल र हमासको युद्धको चपेटामा परेर बंकरमा बस्न बाध्य नेपाली विद्यार्थीहरुमध्ये सुजन भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै आफूहरुलाई स्वदेश फिर्ताको व्यवस्थागर्न अनुरोध गरेका छन्।

यस्तो छ पत्र
श्रीमान प्रधानमन्त्रीज्यू,
नेपाल सरकार ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइरहेको छ। हाम्रो आत्मबल घट्दै गइरहेको छ, हामी मानसिक तनावमा फस्न आटिरहेका छौं। अव धेरै सोच्ने परिस्थिति पनि वाँकी रहेन।

आकाशमा चरा उडेको देशका हामी आज मिसाइल र फाइटर प्लेन देख्नु परेको छ। तिहारमा पटका पड्किना साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्किरहेको देखेर त्रसित छौं। बंकरमा लुग्यो बने बंकर भित्र नै छिरेर आक्रमण भइरहेको छ। हाम्रा सुदूरपश्चिम विश्वविद्यायलका सहपाठी साथिको निधनले छाति चिरिएको छ । हामी स्तव्ध छौं । हमलामा पर्यो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन।

लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नु परेको छ। नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने वाहिर शौचालय जान डर लाग्छ। आक्रमण हवाई, जमिन, जमिनमुनी सबैतिर भइरहेको छ। विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्थामा पनि छैन। यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ। आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाइँ नै हो, भरोसा पनि तपाइँ नै हो ।

यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देशमा नै रमाउने छौं। हामी नेपालको ३ विश्वविद्यालयबाट यहाँ आएका छौं । सँगसँगै यहाँ अन्य विद्यार्थीहरु र नेपाली नागरिक हुनुहुन्छ। छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाइँले अवश्य गराउनुहुनेछ। यो हाम्रो तपाइँप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो साश अडिएको छ।

युद्धको चपेटामा परेको नेपाली – सुरज भण्डारी
कृषि तथा बन विज्ञान विश्वविद्यालय,
हालको ठेगाना –कडेस बरनेअ इजरायल
नेपालको ठेगानाः अन्नपूर्ण गाउँपालिका –२, काश्की

 


Thali Mobile Pvt.Ltd.