भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

इजरायल आक्रमणमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणा, राहतस्वरुप मृतक परिवारलाई सरकारले १० लाख दिने

इजरायल आक्रमणमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणा,  राहतस्वरुप मृतक परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं । हमासको आक्रमणमा परि इजरायलमा निधन भएका नेपाली नागरिकको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आजको मन्त्रीपरिषद विशेष बैठकले मृतकका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०÷१० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बैठकले मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने तयारी गरेको छ । आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरको छ ।

फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । त्यसका लागि नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।

उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरी वस्तुस्थिति जानकारी लिएको मन्त्री साउदले बताए ।

 


Thali Mobile Pvt.Ltd.