काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका हुन ।
आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अवहेलनाको मुद्दा पेश गरेका थिए।
२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध उनले मुद्दा हालेका हुन्।
