काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन् ।
आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न पुगेको देउवा सचिवालयले जनाएको छ । मंगलबार साँझ काँग्रेस सभापनि देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच गहन छलफल भएको थियो । बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको देउवाका सोकिए भानु देउवाले बताए ।
