भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री कप क्रिकेट आजबाट

प्रधानमन्त्री कप क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी–२० फर्म्याटमा गर्ने भएको छ ।

आगामी महिना ओमानमा हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० फर्म्याटमा गर्न लागिएको हो । टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सवा १ बजे हुने एपीएफ र प्रदेश २ खेल्नेछन् ।

मुलपानीमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.