भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि, भारतपनि सहभागि

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,  भारतपनि सहभागि

काठमाडौं । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।

प्रतियोगिता चैत १४ सम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा चल्ने उनले जानकारी दिए । विगत भन्दा यसपालि कोरोना महामारीका कारण केही समय ढिला हुन गएको उनको भनाइ छ ।

सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिता विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री कप भलिबललाई नेपालगन्जको पहिचानको रूपमा विकसित गर्ने मूल आयोजक समिति संयोजक कृष्णा केसीको भनाइ छ ।

प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्ट्स क्लब भिड्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.