भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट सम्पन्न

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट सम्पन्न

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका महामहिम राजदूत हाउ यान्ची (Her Excellency Ms. Hou Yanqi) बीच जङ्गी अड्‍डामा भेटघाट सम्पन्न भएको छ ।

चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्‍डाले जनाएको छ ।

उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.