काठमाडौं । राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दैछ । सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी लघु चलचित्र प्रतियोगिता आयोजना गरिएकाे हाे ।
२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको भन्दै नेपाली सेनाले यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता दिदै प्रतियोगिताको ११ औं संस्करण गर्न लागेको जनाएकाे छ ।
लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघ–संस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने बताएकाे छ ।
साथै, उक्त प्रतियोगिता सम्बन्धि जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाईट (www.nepalarmy.mil.np) र सेनाको फेसबुक पेजमा समेत फर्म राखिएको जनाएको छ ।
२०७९ कार्तिक १४ गतेदेखि फर्म वितरण गरिने छ भने फर्म बुझ्ने अन्तिम कार्तिक १८ गतेसम्म तोकिएको छ । कार्तिक २४ गते अन्तरक्रिया कार्यक्रम समेत राखेको छ । २०७९ मंसिर २६ गतेदेखि २८ गतेसम्म कार्यालय समयमा जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा स्क्रिप्ट बुझाउनु पर्ने निर्देशनालयले जनाएको छ ।
