काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०२१–२०२३ कार्यकालको लागि निर्वाचन मे २९ र ३०, २०२१ मा सम्पन्न भएर नयाँ नेतृत्वले सपथ तथा पदभार ग्रहण गरिसकेको छ ।
पूर्व साधारणसभाले दिएको निर्वाचन गराउने जिम्मेवारी पुरा भएको र भावी योजनाका बारेमा अझ गहन रुपमा अगाडि बढ्ने सहास पैदा भएको भन्दै प्रमुख निर्वाचन आयुक्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका विश्व नाथ बरालले सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
संघको अन्तराष्ट्रिय परिषदको बिधान र आवश्यक बिधि र प्रक्रिया समेतलाइ विकास, प्राक्टिस, सहमति, सुझाव र समन्वय गर्दै सफलतामा पुग्नु सबैको उत्तिकै साथ् र सपोर्ट भएको भन्नै बरालले बताएका छन् ।
यस्तो छ सन्देश…
हार्दिक आभार, धन्यवाद एवं शुभ-कामना !
सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन सम्पन्न गर्न हामीलाई प्रदान गरिएको जिम्मेवरीप्रति अधिवेशन/साधारणसभालाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि निर्वाचन मे २९ र ३०, २०२१ मा सम्पन्न भएर नयाँ निर्वाचित नेतृत्वको सपथ ग्रहण तथा पदभार ग्रहण समेत जुलाई ३, २०२१ मा सम्पन्न भएको छ।
यससँगै पूर्व साधारणसभाले दिएको निर्वाचन गराउने हाम्रो जिम्मेवारीको एउटा पाटो पुरा भएको छ। सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई र शुभकामना ! निर्वाचन भनेकै छनोट हो र कतिपय साथीहरुले प्रयासका बाद्जुत पनि सफलता हासिल गर्नुभएन उहाँहरुलाई पनि अर्को पटक प्रयास गर्न, संस्थाको अभियानमा निरन्तर लाग्न सुझाव सहित आभार प्रकट गर्दछु।
यो निर्वाचन भन्ने कुरा हेर्दा सानो सजिलो तर काम गर्दा अत्यन्त कठिन जिम्मेवरीमा हामीले अमेरिकी बिधि अनुसार दर्ता भएको बिधान, संघको अन्तराष्ट्रिय परिषदको बिधान र आवश्यक बिधि र प्रक्रिया समेतलाइ विकास, प्राक्टिस, सहमति, सुझाव र समन्वय गर्दै अगाडी गएका हौँ। यो सफलताको पछाडी तपाइँहरु सबैको उत्तिकै साथ् र सपोर्ट थियो, छ र निरन्तर रहने कुरामा विश्वस्त छौं।
यो समय बिशेषगरी एनसीसी अमेरिकाका निवर्तमान कार्यसमिति, वर्तमान कार्यसमिति र संबद्ध सबै, एनसीसी प्याट्रनहरु, पूर्व अध्यक्षहरु, आइसीसीका निर्वाचन प्रतिनिधि, संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसीसीका सचिव गौरी जोशी, उपाध्यक्षहरु सोनाम लामा, रविना थापा, अध्यक्ष कुमार पन्त लगायत सम्पूर्ण पंजीकृत सदस्यहरु, निर्वाचन भेण्डर लगायत सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
यो पटक निर्वाचनलाइ झन् छरितो अझै बढी सु-सुचित र पारदर्शी गर्ने प्रयास स्वरुप हामीले अमेरिकामा दर्ता भएका नेपालीहरुले संचालन गरेका मिडियाहरुसंग नियमित सहकार्य गयौं। यसबाट आम मतदाता समक्ष सूचना पुर्याउन हामीलाई धेरै सजिलो भयो।
प्रत्यक्ष कुराकानी गरेर र हामीले सूचना पठाएको क्षणभरमा नै उहाँहरुले सहि रुपमा सूचना दिनुहुँदा काम गर्न धेरै सजिलो भयो। हाम्रो निर्वाचन परिणामलाइ पनि उहाँहरुले प्रत्यक्ष रुपमा प्रसारण गरेर विश्व सामु लैजान सहज गरिदिनुभयो।
जुन आफैंमा एक प्रजातान्त्रिक बिधिको सूचना संबंधि राम्रो नमुना नै थियो। यसका लागि उहाँहरुप्रति हामी आभारी छौं।
यसका साथै संघको अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनमा हाम्रो लागि प्रतिनिधि छनोट गर्ने कुनै बिधि नभएको अवस्थामा सबैसँग समन्वय गरेर तय गरिएको बिधि थियो। हामी निर्वाचन सम्पन्न गर्न तयार नै थियौं र अझै पनि आवश्यक पर्दा तयार नै छौं।
अझै पनि हाम्रो नेपाली अमेरिकन समाजमा उम्मेदवारहरुले निर्वाचनको परिणाम आउनुपूर्व र आएपछि दिने प्रतिक्रिया फरक देखिन्छन। निर्वाचन हो, कोहि जित्छन कोहि हार्छन। हामीले निष्पक्ष रुपमा काम गर्ने हो जे परिणाम आउँछ त्यसलाई सूचित गर्ने हो। त्यो पाटो यो समय सम्पन्न भएको छ।
अब, यहाँहरु सबैजना मिलेर संघ मात्र होइन यससँग जोडिएको हामी र नेपालबिचको संबन्धलाइ अगाडी बढाउन सबैको योगदान हुनेमा हामी विश्वस्त छौं। अन्तमा; एस निर्बाचन लाई सफलता पुर्बक सम्पन्न गर्न प्रमुख भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोगका मेरा सहयात्री आयुक्तहरु बाशु फुलारा, शिव राज पौडेल, कुलमणि आचार्य र गोविन्द श्रेष्ठलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै यहाँहरु सबैलाई हार्दिक आभार, धन्यवाद एवं शुभकामना !
विश्व नाथ बराल
प्रमुख निर्वाचन आयुक्त
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका ११ जुलाई २०२१