पेम्बा ग्याल्जेन शेर्पाको पहलमा सिन्धुपाल्चोकका बाढि पीडितहरुलाई आर्थिक सहयोग

पेम्बा ग्याल्जेन शेर्पाको पहलमा सिन्धुपाल्चोकका बाढि पीडितहरुलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढि पीडितहरुलाई राहत प्रदान गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ बरुवाको याङ्ग्री खोलामा आएको बाढि पहिरोले घरबारबिहिन भएका बरुवा २ सुनचौर,टशिबा र याङ्ग्री पीडितहरुलाई क्षेतीको अनुपात हेरी पहिलो राहत आइतबार प्रदान गरिएको हो । पहिलो चराणमा ३ घर परिवारलाई १८ हजारको दरले रहात उपलब्ध गराइएको थियो । ४ घर परिवारलाई १३ हजार ५ सय र ८ घर परिवारलाई १० हजारका दरले नगद हस्तान्तरण गरिएको अभियान्ता ट्रेसिंङ लामाले जानकारी दिए ।sindhupalchok

उक्त राहत सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस जिल्ला सदस्य पेम्बा ग्याल्जेन शेर्पाको ब्यक्तीगत पहलमा कोरियामा रहेका सामाजिक अभियन्ता लोप्सङ् शेर्पा,फ्रान्समा रहेका समाजसेवी डा. पसाङ लामा, युएसएमा रहेका समाजसेवी पसाङ लामा, जापान रहेका सञ्जय र सिन्धुपाल्चोक ओख्रेनिका पेम्बा शेर्पाले उपलब्ध गराएको आर्थिक सहयोग बाढि पीडितलाई हस्तान्तरण गरिएको लामाको भनाई । पाँचपोखरी ८ लागर्चेमा बिद्युत सर्ट भएर घरबार विहिन भएका अर्जुन कार्कीको परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।sindhupalchok

उक्त राहत पाँचपोखरी बरुवा २ का जनप्रतिनिधिहरु वडा सदस्यद्वय पेम्बा शेर्पा, रेन्जेन ह्योल्मो लामा, नेपाली कांग्रेस बरुवा गाउँ इकाई सभापति पेम्बा लामा ,शेर्पा कलाकार छिरिङ् लामा र समन्वयकारी भूमिका खेलेका स्थानीय युबा अभियन्ता बुद्ध श्याङ्बोलगायतले वितरण गरेका थिए । नेपाली कांग्रेसबाट बिजयी महिला वडा सद्स्य रेन्जेन ह्योल्मोले कम्बल, त्रिपाललगायत अन्य खाद्यान्न सामग्री समेत बितरण गरिएको थियो । सोही क्रममा नेपाली कांग्रेस बरुवा गाउँ इकाई सभापति पेम्बा लामाले कोभिड–१९ सँग मिल्दा–जुल्दा लक्षण देखिएका बिरामीको चाप बढेकाले स्वास्थ्य उपचारको बन्दोबस्त गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.