भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रलोभन देखाएर भारत पुर्‍याइएका १२ युवतीको उद्धार

प्रलोभन देखाएर भारत पुर्‍याइएका १२ युवतीको उद्धार

काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा पारी लुकिछिपी भारत पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहलमा जिल्ला प्रहरी कार्यालय, पर्साले उद्धार गरेको हो ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनेर उनीहरुलाई विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारत पुर्‍याइएका थिए । युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले भत्ता दिने भनी काठमाडौँको बालाजुबाट लगिएको प्रहरीले जानकारी दिएको छ ।

पथलैया जङ्गलमा पुगेपछि समूह विभाजन गरी भारत पुर्‍याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् । मानव तस्करलाई कडा भन्दा कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.