काठमाडौं । कक्षा १ मा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा प्रतिबन्ध लगाइएको छ । प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा प्रवेश परीक्षा नलिन यस्तो निर्णय गरेको हो ।
यो निर्णयसँगै प्रवेश परीक्षा लिएर भर्ना गर्ने अवस्था हटेको छ । अघिल्लो वर्ष अभिभावक महासंघलगायत संस्थाले कक्षा १ मा प्रवेश परीक्षा दिएर ६ वर्षको बच्चालाई मानसिक तनाव दिएको भन्दै परीक्षा नलिन विद्यालयलाई आग्रह गरेको थियो ।
उक्त आग्रह उल्लंघन गर्दै उपत्यकाका केही ठूला विद्यालयले कक्षा १ मै प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका थिए । अब कुनै पनि विद्यालयले कक्षा १ मा प्रवेश परीक्षा नलिने भएका छन् ।
यदि अटेर गरी कसैले गरे कारबाही गरिने भन्दै प्रवेश परिक्षामा रोक लगाउन सबै जिल्ला शिक्षा समन्वयन इकाइलाई निर्देशन दिएको छ । भर्ना लिन गोला प्रथा वा अन्य विधि अपनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले आग्रह गरेका छन् ।
शिशु कक्षामा पढेको अनुभव र बच्चाको आचरणको आधारमा भर्ना लिने व्यवस्था गर्न, अनाहकमा साना बालबालिकालाई मानसिक यातना नदिन आग्रह गरे ।
केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने काम भएमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको छ ।
केन्द्रले जारी गरेको निर्देशनमा गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यस उमेर समूहका बालबालिकालाई सर्वाङ्गीण विकास हुने खालका क्रियाकलापहरूमा बढी संलग्न गराउन उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...