भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

प्रहरीको भ्यानबाट थुनुवा फरार

प्रहरीको भ्यानबाट थुनुवा फरार

धनुषा । प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएका छन् ।

जबरजस्ती करणी मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका राजबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

जनकपुरधामस्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा सहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरको रहेको जानकारी दिए । फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रवक्ता गौतमले बताए ।

धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.