भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

प्रहरी कारबाहीमा १० बन्दुकधारी मारिए

प्रहरी कारबाहीमा १० बन्दुकधारी मारिए

मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए ।त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।

त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् ।त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.