ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवन समुद्घाटन गरिएको छ । निर्माण कम्पनी सुनकोशी कन्ट्रकसन नेपाल, प्रालि ले मूल्य अभिवृद्धि करसहित १० करोड ११ लाख ४४ हजार ९१ रुपैयाँमा हालै निर्माण सम्पन्न गरेको भवनको समुद्घाटन गरिएको हो ।
कार्यालयको आफ्नै १९ हजार ४ सय ४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएका कार्यालय भवन, कर्मचारी आवास र हिरासत कक्ष गरी ६ वटा भवनको औपचारीक समुद्घाटन गरिएको हो । कार्यालय भवनको नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले समुद्घाटन गरेका हुन् ।
भवनको समुद्घाटन गर्दै उनले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गरे । नवनिर्मित भवन हामी सबैको साझा सम्पती भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गरे ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय मातहतका २८ वटा कार्यालय मध्ये ९ वटामा नयाँ कार्यालय भवन निर्माण भैसेकेको र बाँकी १९ वटा भवन जिर्ण तथा पुरानो हुनुको साथै केही कार्यालयहरु भाडाको घरमा समेत सञ्चालनमा रहेकाले यिनीहरुको समयमै निर्माण गर्ने कुरामा संगठन प्रमुखलाई उनले ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...