भर्खरै : Sorry, your browser does not support inline SVG.

प्राकृतिक स्रोतसाधन, सुन्दरता, सम्भावना र नेपालको पर्यटन

प्राकृतिक स्रोतसाधन, सुन्दरता, सम्भावना र नेपालको पर्यटन

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम सौन्दर्यको मुलुक हो । जैविक विविधता दुनियाकै फरक छ । छिमेकी देश भारत र चीनको बीचमा रहेको एक भुपरिवेष्ठित मुलुक हो नेपाल । भौगोलिक रुपमा हिमाल, पहाड र तराई गरी तीन भागमा बाडिएको नेपालको प्राकृतिक सुन्दरताको बखान गरेर सकिँदैन । मनोरम हिमाल, पहाड, छाँगा-छहरा, झरना, ताल-तलैया, नदीहरू हजारौं संख्यामा छन् ।

पर्यटकीय ठाउँहरू जस्तै पोखरा, लुम्बिनी, गोरखा दरबार दैलेखको पञ्चकोशी, पादुका, श्रीस्तान, धुलेश्वर, कोटीला, ज्वाला, प्युठानको स्वर्गद्वारी, जुम्लाको चन्दननाथ यतिमात्रै होइन अथाह सम्पदा रहेको साथै विश्वकै अग्लो शिखर सगरमाथाको बखान गरेर पुग्दैन । इलामको सुन्दर चिया बगान संसारमै चर्चित छ । विश्व शान्तिका दूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई नचिन्ने कोही छैन ।

धार्मिक सम्पदा तथा विश्व सम्पदा सूचिमा सूचिकृत नेपालका धेरै ठाउँ छन् । राजधानी काठमाडौँलाई मन्दिरहरूको सहर भनेर पनि परिचित छ । यहाँका लाखौं मठ–मन्दिरले धार्मिकरुपमा पहिचान मात्रै कायम गरेका छैनन् विश्भरका पर्यटक पनि निम्त्याईरहेका छन् । त्यसैले नेपालको जैविक विविधता दुनियाँको भन्दा फरक छ । संसारमै लोपुन्मुख अवस्थामा रहेको एकसिंगे गैंडा नेपालमा पाइन्छ ।

विश्वमा विरलै पाईने चराचुरुङ्गीहरु नेपालमै पाईन्छन् । उदाहरणको लागि डाँफे, मयुर आदि…। अथाह प्राकृतिक स्रोत, साधन, धार्मिक स्थललगायतका विभिन्न गन्तव्यहरूको ठाउँ नेपाल भएपनि नेपाल किन पछि परिरहेको छ ? यहाँको पर्यटन व्यवसाय किन फस्टाउन सकिरहेको छैन ? यो गहन विषय बनेको छ । विश्वभरी हेर्ने हो भने सबैभन्दा बढी घुम्न लायक धेरै ठाउँ भएको देश नेपाल नै हो ।

जबसम्म हामीसँग भएका प्राकृतिक स्रोत साधनको सही पहिचान र उपभोगमा आयमूलक नबनाएसम्म देशको विकास सम्भव छैन । नेपालको जलविद्युत र पर्यटन यी दुई मुख्य कुराको मात्र विकास गर्ने हो भने विश्वको नम्वर एक अर्थतन्त्रमा आउने पक्कै छ । मुख्य आर्थिक मेरुदण्ड भनेकै यी दुई चिजको विकासमा जोड दिनेहो भने नेपालीको आयस्रोत व्यापक भएर जानेछ ।

सिंगापुर, मलेशिया, स्वीटजरल्याण्ड जति विकसीत भएका छन्, ती राष्ट्रले पर्यटनलाई नै फोकस गरेर अगाडि बढेको देखिन्छ । त्यसैले यतिधेरै प्रचुरमात्रामा रहेका नेपालका पर्यटकीय स्थलको मात्र विकास गर्ने हो भनेपनि नेपाल सबैभन्दा अघि जानेछ । तर नेपालको सरकारी संयन्त्र यसको पक्षमा देखिएको छैन । जति चिल्ला कुरा र भाषण गरेपनि प्रभावकारी कार्ययोजना ल्याउन सकिरहेको छैन ।

प्रकृतिले जति सुन्दरता दिएको त्यसको प्रचार प्रसार पनि खासै भएको पनि देखिदैन । नेपाल घुम्न आउने विदेशी पर्यटक जव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाईला टेक्छ तब उ आश्चर्य चकित बन्छ । किनकी यसको स्तरवृद्धि गरिएकै छैन । विमान स्थलको दुरावस्था देखेर नै उसको मन कुडिएर आईहाल्छ । त्यो कुरा त अझ परको कुरा भयो, विमानस्थलबाटै पर्यटकको झोला हराउँछ । नेपालीको पहिलो परिचय उसले यहिबाट थाहा पाइहाल्छ ।

अनि आफ्नो देश फर्किदा उसले के सन्देश लिएर फर्किन्छ होला ? घुम्न आएका महिला पर्यटक होटलमै बलात्कृत हुन्छन् । नेपालको चालचलन, रितिरिवाज, जीवनशैली अवलोकन गर्न आएकाहरु नेपाली पहिचान दिनुको सट्टा उल्तै अभद्र व्यवहार हुदा दिक्क लाग्छ । त्यसकारण नेपालको पर्यटन प्रवर्धनको लागि नेपालीले आफ्नो पहिचान त दिनु पर्छनै, सरकारले पनि दुर दराजका सुन्दर गाउँ बस्तीसम्म सुविधायुक्त बाटो, बिजुली, इन्टरनेटलगायत सुविधासम्पन्न होटलको व्यवस्थापन गर्नु पर्छ ।

पर्यटन व्यवसाय प्रवद्धनका लागि
नेपालमा पर्यटन व्यवसाय प्रवद्धनको लागी गर्न सकिने कामहरु भिडियो थिमपार्क, कल क्यासिनो, स्काईवे, स्काईक्याभल, लक्जरी होटेल, माउन्टेन रेलरोड, रोलर कोसटर राईड, जंगल क्रुस, वाटर स्र्पोट, आइस रेसिङ्ग, फुड पार्क जस्ता मनरोञ्जन पार्क आदि बनाउने हो भने नेपालमा विदेशी पर्यटकको आगमनले असिमित गति लिनेछ ।

नेपाल सरकारले लगानी गरेर यस्ता गतिविधि र संरचनाको निर्माण गर्ने हो भने मलेसियाको Genting Highland, सिंगापुरको Santosha Iceland जस्तो १६ वर्ग स्क्वार किलोमिटरमा फैलिएको Tourism गन्तव्यहरुको जस्तै अवस्था ल्याउन सकिन्छ । नेपालले पनि यस्ता संरचना निर्माण थालनी गर्नुपर्दछ । प्राकृतिक स्रोत साधन र मनोरम गन्तव्यको हिसाब गर्दा नेपाल मलेसिया, सिंगापुर र दुबई भन्दा धेरै अगाडि छ ।

तर दुर्भाग्य भनौं मलेसियाको वार्षिक पर्यटकको संख्या १.४ करोड, सिंगापुरको १.५ करोड, दुबईको १.७५ करोड हुदा नेपालको वार्षिक पर्यटक संख्या ७.५ लाख छ । जबसम्म नेपालले विकासको मुख्य मेरुदण्ड टुरिजम र जलविद्युतको सही तरिकाले विकास गर्न सक्दैन तबसम्म हामी नेपालीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा केवल नारामा मात्रै सिमित हुनेछ र हामी जहिले पनि अभावै अभावमा बाँच्नु पर्ने स्थिति हुनेछ ।

तस्बीरमा केही पर्यटकिय संरचना…tourism aria

 


Thali Mobile Pvt.Ltd.