भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमायो

प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९र०८० को पहिलो तीन महिनामा ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७२ र ०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफा कमाउँदै आएको हो । आर्थिक वर्ष २०७६र०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७ र ०७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो ।

आफ्नो स्वामित्वमा रहेका विद्युतगृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी सो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको र प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको जनाएको छ । गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

 


Thali Mobile Pvt.Ltd.