भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइतवारदेखि ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयनमा आउने

आइतवारदेखि ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयनमा आउने

काठमाडौं । सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली वाग्मती प्रदेशमा लागु हुने भएको छ । आइतवारदेखि वाग्मती प्रदेशमा मंसिर १८ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएपछि उक्त प्रणाली लागु हुने भएको हो ।

प्रचलित प्रणालीले ७५ प्रतिशत फेल हुने गरेकाले पटक पटक ट्रायल दिइरनु परेकाले सुधारिएको व्यवस्था अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने उल्लेख गरिएको छ। नयाँ व्यवस्थाले वाग्मती प्रदेशमा ६० प्रतिशतभन्दा बढी पास हुने अनुमान गरिएको छ।

जसका कारण यातायात कार्यालयहरुमा हुने अनियमितता समेत रोकिने अपेक्षा समेत गरिएको छ । ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने व्यवस्था गरिएको छ। यसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.