भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

शिक्षामा फिदिम नगरपालिकाको उदाहरणीय कार्य

शिक्षामा फिदिम नगरपालिकाको उदाहरणीय कार्य

पाँचथर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पाँचथरको फिदिम नगरपालिकाले ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग नगरपालिकाले छलफल गरेको हो । सरोकारवालाहरुबीचको छलफलपछि शैक्षिक क्षेत्रको गुणस्तर सुधारको निम्ति दुई वटा निर्णय र ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।

विद्यालयमा गुणस्तरीय शिक्षाको लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र कार्यान्वयन गर्न सबै विद्यालयका प्रअहरुले सहमति जनाई हस्ताक्षर समेत गरेका छन् । विद्यालयलाई यातना मुक्त बालमैत्री बनाउने, विद्यालयलाई शान्ति क्षेत्र कायम गरी बन्द हड्ताल मुक्त विद्यालय बनाउने, प्राविधिक शिक्षालाई प्राथामिक्ता दिँदै आफू पनि बच्ने अरुलाई पनि बचाउने शिक्षा निर्माण गर्ने बुँदाहरु रहेका छन् ।

विद्यालय अनिवार्य रुपमा २ सय २० दिन खोल्ने र न्यूनतम १ सय ९२ देखि २ सय १० दिन पठनपाठन गर्न लगाउने, विद्यालय परिसर तथा कक्षाकोठामा शैक्षिक प्रेरणामूलक उद्गारहरुको लेखन गर्ने, शैक्षिक उन्नतिको लागि प्रत्येक शिक्षकहरुले एक शैक्षिक सत्रमा कम्तिमा एउटा कार्यमूलक अनुसन्धान तथा अध्ययन गर्ने गराउने निर्णय गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.