कालीकोट । आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए)को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । बिहिवार एक सूचनामार्फत प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सुझाव दिन आयोजनाले माग गरेको छ ।
प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रभावित स्थानीय तहलगायतका निकायमा सुझाव दिन सकिनेछ । कूल चार सय ८० मेगावाट क्षमताको सो आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको हो ।
अर्धजाशय प्रकृतिको सो आयोजनाले कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, खाँडाचक्र गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाका विभिन्न वडाहरु प्रभावित गर्नेछ । आयोजनाले वार्षिकरुपमा दुई हजार चार सय ४७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन गर्छ ।
प्रस्तावित आयोजनाको विभिन्न संरचनाको निर्माण तथा जलाशयमा हुने डुबान क्षेत्रका लागि निजी स्वामित्वको ६४ दशमलव २६ हेक्टर, सरकारी स्वामित्वको दुई सय ८८ दशमलव ९८ हेक्टर गरी कूल तीन सय ५३ दशमलव २५ हेक्टर क्षेत्र आवश्यक पर्नेछ । यसैगरी सरकारी स्वामित्वको वन क्षेत्र दुई ८८ दशमलव हेक्टरमध्ये नदी तथा बगर क्षेत्र ९० दशमलव ३८ हेक्टर र बाँकी एक सय ९८ दशमलव छ हेक्टर वन, झाडी, घाँसे मैदानलगायत प्रभावित हुनेछ ।
जलाशयको भण्डारण क्षमता सात सय ९८ दशमलव आठ लाख घनमिटर रहेको छ । उक्त जलाशय ११ किलोमिटर लामो हुनेछ । आयोजनाको बाँध एक सय नौ मिटर अग्लो हुनेछ । आयोजनाबाट सात सय ४७ घर परिवार प्रभावित हुनेछन् । त्यसमा पाँच सय ३९ घरपरिवारको जग्गा, एक सय पाँच परिवारेको जग्गासहित घर संरचना, एक सय तीन परिवारको घर पर्नेछ ।
२७ वटा साना होटल, १२ किराना पसललगायतका संरचना प्रभावित हुने अध्ययनले देखाएको छ । आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपिसी इण्डया लिमिटेडसँग यसअघि नै समझदारीपत्रमा हस्ताक्षर भइसकेको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ को गत जेठमा भएको भारत भ्रमणका क्रममा विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इण्डाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएपछि सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन् । त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न खालका स्वास्थ्य समस्या...
जाजरकोट । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको महिना हुन लागेको छ ।...
काठमाडौं । रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ । नेपाल र बेलायतबीच नर्स लैजाने सहमति भएअनुसार वैदेशिक रोजगार विभागले अन्तरवार्ताका लागि ७१ जना नर्स...
काठमाडौं । सम्पर्कविहीन भएका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै हाजिर आग्रह गरेको हो ।...