भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एएस ३५० हेलिकप्टर उडानमा रोक

एएस ३५० हेलिकप्टर उडानमा रोक

काठमाडौं । खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै लुक्ला क्षेत्रमा हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टर उडानमा रोक लगाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका ‘एएस३५० बी ३ ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि प्रतिबन्ध लगाइएको हो ।

यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर रहेको प्राधिकरणले जनाएको छ ।

यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि उडानमा रोक लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.