भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

‘फुलकोर्ट’ बैठक प्रभावित, न्यायाधीशहरू छलफलमा

‘फुलकोर्ट’ बैठक प्रभावित, न्यायाधीशहरू छलफलमा

काठमाडौं । न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ​फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।

प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारले राखेको छ ।

प्रधानन्यायाधीश जबराले आज अपरान्ह १ः३० बजेका लागि फुलकोर्ट बोलाउने प्रतिवद्धता जनाएका थिए । सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीश भ्रमणमा निस्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.