भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बङ्गलादेशमा विवादित आरक्षण सीमित पार्न सर्वोच्चले आदेश दिए पनि आन्दोलन रोकिएन

बङ्गलादेशमा विवादित आरक्षण सीमित पार्न सर्वोच्चले आदेश दिए पनि आन्दोलन रोकिएन image

बङ्गलादेश । बङ्गलादेशको सर्वोच्च अदालतले विवादित आरक्षणलाई सीमित पार्न परमादेश जारी गरेपछि पनि विद्यार्थीहरुले आन्दोलनलाई नरोक्ने भएका छन् । विद्यार्थी नेताहरुले आफूहरुको मुख्य माग अदालतबाट पूरा भएको तर जेलमा परेका विद्यार्थीहरुको रिहाई र हिंसाका लागि जिम्मेवार अधिकारीहरुले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएका कतारी संचारमाध्ययम अलजजिराले जनाएको छ ।

यस्तै विद्यार्थी नेताहरुले घाइतेको सम्पूर्ण उपचार निशुल्क र ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहातको माग पनि गरेका छन् । हिजो बङ्गलादेशको सर्वोच्च अदालतले सन् १९७१ मा पाकिस्तानबाट अलग हुने क्रममा लडाई लडेका व्यक्तिका परिवारलाई सरकारी जागिरमा दिँदै आएको ३० प्रतिशत कोटालाई पाँच प्रतिशतमा र अल्पसङ्ख्यक, अपाङ्गता भएका र तेस्रो लिङ्गीलाई दिँदै आएको पाँच प्रतिशत आरक्षणलाई दुई प्रतिशतमा झार्न सरकारलाई आदेश दिएको थियो ।

अदालतको आदेशपछि बङ्गलादेशका सडकहरु सुनसान भएका थिए । तर विद्यार्थीहरुले जेलमा परेका साथीहरुको रिहासहितका माग राखेर आज आन्दोलनलाई निरन्तरता दिएका हुन् । बङ्गलादेशमा आरक्षण कोटाको बिरोधमा विद्यार्थीले गरेको आन्दोलनमा कम्तीमा एक सय ५१ जनाको ज्यान गएको समाचार संस्था एपीएफले जनाएको छ । आन्दोलनलाई रोक्न सरकारले राजधानी ढाकासहितका मुख्य शहरमा कर्फ्यु लगाउनुको साथै कयौँ विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.