भर्खरै : Sorry, your browser does not support inline SVG.
युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति |

बचतकर्ताको रकम जोखिममा

रुपन्देही । यहाँका सहकारी संस्था सङ्कटमा परेको पाइएको छ । बुटवल स्थित शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो ।

प्रदेशमा सञ्चालनमा भएका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले बताए ।

सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा यस्तो समस्या देखिएको उनको धारणा छ ।

बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताए ।

सहकारीमा सुशासन नभएको बताउँदै रुपन्देहीका ५० भन्दा धेरै सहकारीमा पुगेर सुधार गर्न निर्देशन दिएको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले बताए ।

सहकारी संस्थाले सहकारीको मूल्य र मान्यता पालना नगरेको, गलत लेखापरीक्षण गरी संस्था चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको तिवारीको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.