भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

जुन देशको राजनीति राम्रो,त्यस देशको शासन व्यवस्था पनि राम्रो हुन्छ : अध्यक्ष बिजुक्छे

जुन देशको राजनीति राम्रो,त्यस देशको शासन व्यवस्था पनि राम्रो हुन्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक रहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले उक्त कुरा बताएका हुन ।

बिजुक्छेँले जुन देशको राजनीति राम्रो हुन्छ त्यस देशको शासन व्यवस्था पनि राम्रो हुने विचार व्यक्त गरे । उनले शैक्षिक संस्थाहरूमा तालाबन्दी, तोडफोडका घटनाहरू हुन नहुने बताउँदै प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने र विषयगत हिसाबले ख्वपका विद्यार्थीहरू अरुको तुलनामा अब्बल हुनुपर्नेमा समेत जोड दिए ।

अध्यक्ष बिजुक्छेँले “नेपाल अहिले पश्चिमेली प्रजातन्त्र असफल भई चीनको प्रजातन्त्रतिर जाँदैछ । संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैन । सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ ।’ उनले भने कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीहरूका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको जानकारी दिए ।

उनले शिक्षाको लागि मात्रै देशको झण्डै १ खर्ब रुपैयाँ बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै देशका सबै कलेज र विश्वविद्यालयहरू स्तरीय भइदिएको भए पढाइको निम्ति विदेशिने विद्यार्थीको संख्या घट्दै जाने बताए । शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता छ भन्दै उनले देशभरिका निजी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको अवस्थामा भक्तपुर नपाबाट सञ्चालित कलेजहरू सफलतापूर्वक अगाडि बढिरहेको सबैको लागि उपलब्धीपूर्ण भएको बताए ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नपाका कलेजहरू देशकै सौन्दर्यको रुपमा उभिएको बताउँदै ख्वप सर्कलका शैक्षिक संस्थाहरू जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताए । उनले सिद्धान्त र विचार विनाको राजनीतिको कुनै अर्थ नभएको बताउँदै सांसद गोसाईले शासक दल पद र पैसाकै राजनीति वरपर घुमिरहेको छ जुन देश र जनताको हितमा नभएको बताए । देशघाती सन्धि सम्झौता र अन्यायको विरोधमा नेमकिपाको संघर्ष जारी रहने उनको भनाई थियो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले इन्जिनियरिङ क्षेत्रमा आमूल परिवर्तनको काम ख्वप इन्जिनियरिङ कलेजबाट भएको बताउँदै नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू देश र जनताको सेवामा समर्पित भएको उल्लेख गरिन । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधरराम जोशीले इन्जिनियरिङ विषय आफैमा उच्च गतिमा विकास भइरहेको बताउँदै इन्जिनियरिङ शिक्षाले देशको विकासमा पनि तीव्रता दिइरहेको प्रष्ट पारे ।

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.इ. देवीप्रसाद भट्टराईले समुदायमा आधारित ख्वप इन्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मान पत्र तथा वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.