भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बजेट नसच्याइए सरकार ढल्नसक्ने, प्रतिनिधिसभामा अर्थमन्त्रीले जवाफ दिने

बजेट नसच्याइए सरकार ढल्नसक्ने, प्रतिनिधिसभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका हन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटबारे अर्थमन्त्री जवाफ दिने सम्भावित कार्यसूची छ ।

जेठ १५ गते संसदमा प्रस्तुत बजेटबारे आइतबार छलफल सकिएको थियो । सत्तारुढ दलबाटै बजेटको विरोध भइरहेको छ ।

एकीकृत समाजवादीले त यथास्थितिमा बजेट पारित हुन नदिने घोषणा गरेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याइए सरकार ढल्नसक्नेसम्मको चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.