भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

बढ्न थाले पर्यटक

बढ्न थाले पर्यटक

खप्तड । कोभिड १९ ले परेको पर्यटन क्षेत्र विस्तारै उकासिन थालेको छ । पछिल्ला दिनमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ।

कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सुधार हुन थालेको हो ।

अन अराइभल भिसा व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्ड पुनउत्थान समितिका वागमति प्रदेश सदस्य रामसुन्दर बकेले बताए । पर्यटन क्षेत्र सुधारका लागि सरकारले सहयोग गरेको व्यवसायीको भनाइ छ।

विदेशी पर्यटकको संख्या थोरै भएपनि आन्तरिक पर्यटकले भने दोब्बर ठाँउ ओगटेको छ। सन् २०२० सेप्टेम्बरमा नेपालमा जम्मा ५ सय ८४ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

२०२१ सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएका छन् । अन अराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको देखिएको छ । अहिले नेपाल आउनका लागि अनुकूल वातावरण मिलेकाले आगमन बढ्न थालेको व्यवसायीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.