भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गर्नुभएको हो । नेपाल सुपर लिग सकिएको भोलिपल्ट आज प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गर्नुभएको छ ।

आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ । छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेहसँग प्रतिस्पर्धा गर्नेछ ।

बन्द प्रशिक्षणमा समावेश गरिएका खेलाडीमध्ये गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान तथा फरवार्डमा भरत खवास, अभिषेक रिजाल, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.