भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत

बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत

फागुन १, २०७६ काठमाडौं । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ। अरब टाइम्सले जनाएअनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ। खाडलमा पसेका १३ नेपाली र एक भारतीय पसेका नागरिक त्यहीँ पुरिएको बताइएको छ। नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। कुवेतले अहिलेसम्म सो दुुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन। खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन। निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो। उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.