भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत

बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत

फागुन १, २०७६ काठमाडौं । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ। अरब टाइम्सले जनाएअनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ। खाडलमा पसेका १३ नेपाली र एक भारतीय पसेका नागरिक त्यहीँ पुरिएको बताइएको छ। नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। कुवेतले अहिलेसम्म सो दुुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन। खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन। निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो। उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.