भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काेराेना महामारीः वुहानबाट नेपाली ल्याउने अन्तिम तयारी पुरा, तर चीनले दिएन अनुमति

काेराेना महामारीः वुहानबाट नेपाली ल्याउने अन्तिम तयारी पुरा, तर चीनले दिएन अनुमति

काठमाडौं – चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन अपिल गरेको छ । कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो अपिल गरेको हो । त्यहाँ रहेका सम्पर्णनेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिनुभयो ।
हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्न आवश्यक सवारीसाधन लगायतको व्यवस्थापन भइरहेको ।
प्रमुख सुशील लम्सालले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ पठाउने तय भइसकेको छ । यता चिनियाँ नागरिक उड्डययन निकायबाट अझै उडान अनुमति आइनसकको चीनस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपी अरु दुई दिन भित्र अनुमति आइसक्ने दूतावासको विश्वास रहेको छ । स्वदेश फर्किने नेपालीहरुले भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारन्टीनस्थलमा कम्तिमा १५ दिन बिताउनुपर्नेछ । क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ भने आफन्तसँग भेटघाट गर्न दिइने छैन। स्वास्थ्य मन्त्रालयले क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको व्यवस्था गरेको छ । लगभग ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.