भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

कास्की । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन् । उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफँैले बुनेर पोखरा झारेका थिए ।

ती व्यापारीले साँझसम्म पनि भनेजस्तो व्यापार नभएको गुनासो गरिरहनुभएको थियो । कास्कीको माछापुच्छर्े गाउँपालिका–८ खोरामुखबाट डोको, नाङ्लो व्यापार गर्न आउनुभएको बुद्धिबहादुर विकले अघिल्ला वर्षमा जस्तो व्यापार नभएको सुनाए । उनले भने, “बाँस र निगालोको चोयाबाट बनेका सामग्रीको व्यापार घट्दै गएको छ । पहिलेपहिले यही मेलामा ल्याउनेबित्तिकै सबै बिकीसक्थ्यो अहिले त कोहीकोहीले मात्र लगेका छन्”, उनले भने, “अहिले सामग्री बिक्री हुनै छाड्यो, कुहिएर खेर जाने भयो । यस्तै भयो भने घरखर्च चलाउन गाह्रोपर्ने भयो ।”

बुद्धिबहादुर आफैँले बाँस र निगालोको चोयाबाट डोको, डालो, नाङ्लो, भकारी, कोक्रो, पेरुङ्गो, मान्द्रोलगायत सामग्री बुन्छन् । भनेजस्तो व्यापार नहुँदा जाँगर नचल्ने उनले बताए । “यो काम साह्रै गाह्रो छ । म अहिले ६८ वर्ष भए सानैदेखि बाँसका सामग्री बुन्न थालेको हुँ”, उनले भने, “पहिले घरमै आएर किनेर लैजान्थे । अहिले त बेच्न हिँड्दा पनि बिक्न गाह्रो भयो । यही भएर काम गर्न जाँगर पनि चल्दैन् ।”

अर्का व्यापारी बलराम चापागाईंले पनि विदेशबाट प्लास्टिकका सामग्री भित्रिन थालेसँगै यस्ता सामग्रीको व्यापार घटेको बताए । उनका अनुसार विदेशी सामान हेर्दा आकर्षक र सस्तो हुने भएकाले बाँस र निगालोका सामग्रीको बिक्री घटेको हो । “मैले दसैँको मेला पोखरामा लाग्ने दसैँ मेलामा यस्तो सामान बेच्न थालेको १६÷१७ वर्ष भयो । बर्सेनि यसको व्यापार घट्दै गएको छ”, उनले भने, “अहिले मानिस भकारीमा राख्ने धान बोरामा राख्न थाले । अनि डालोको स्थानमा बाल्टिन प्रयोग गर्न थाले ।”

पोखरा महानगरपालिका–१ बगरकी ओमकुमारी गुरुङले पनि अहिले आफ्नो घरमा प्लास्टिकको सामान बढी प्रयोग गर्ने बताइन् । बाँस र निगालोको सामान बजारमा पाउन मुस्किल भएकाले पनि आफू प्लास्टिकको सामानमा आकर्षित भएको उनले बताइन् । “बाँसका सामग्री उचाल्न, बोक्न र यताउता लैजान सजिलो हुन्छ । पहिला मैले धेरै यस्तै सामान बढी प्रयोग गर्थे”, उनले भनिन्, “अहिले पहिला जस्तो चोयाबाट बनेको सामान पाउनै गाह्रो छ । अनि बजारमा प्लास्टिकको सामान प्रयोग गर्नै प¥यो ।”

चोयाबाट बनेका सामग्रीलाई व्यवसायीकरण गर्न नसकिएको स्थानीय ओमकुमारीले बताइन् । यस्ता सामग्रीलाई सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने ओमकुमारीको भनाइ छ । “चोयाबाट बन्ने घरेलु सामग्रीको उत्पादन नै घट्दै गएको छ । यो हाम्रो पुर्खौंदेखि चल्दै आएको प्रविधि पनि हो”, उनले भनिन्, “यसलाई जोगाइराख्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन गर्न र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्छ ।”

 


Thali Mobile Pvt.Ltd.