बागलुङबाट छ थान हतियार बरामद

बागलुङबाट छ थान हतियार बरामद

बागलुङ । गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा र वडा नम्बर ३ को भगवतीस्थानको ओडारबाट गरी प्रहरीले ६ थान हतियार बरामद गरेको छ ।

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको उनको भनाइ छ ।

हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक कसले किन राखेको थियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन । अहिले त्यसको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.