भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

बाघको छालासहित चार जना पक्राउ

बाघको छालासहित चार जना पक्राउ

दाङ । प्रहरीले लमही नगरपालिका टिकुलीगढबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बाघको छालासहित चारजनालाई पक्राउ गरेको लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.