भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

नयाँ दिल्ली, । भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् ।

एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ एजेन्सीले एक अधिकारीले भने।

संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.