भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बाजुरामा गत बैशाख ३० गते रोकिएको निर्वाचन विहिबार हुने

बाजुरामा गत बैशाख ३० गते रोकिएको निर्वाचन विहिबार हुने

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रोकीएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार निर्वाचन हुने भएको छ । नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन रोकिएको थियो ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको यस पालिकामा हरेक मतदान स्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ रहेको छ । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्रतिनिधिहरुले चुनावमा धाँधली भएको भन्दै मतदान कार्यमा अवरोध सिर्जना गरेका थिए । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.