भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु

बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु

बैतडी । बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.