काठमाडौं । लगातारको वर्षापछि मनाङमा बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ । स्थानीय खहरे घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ भने २ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवन, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दार गरिरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
वर्षा जारी रहेकाले जोखिम अझै बढ्नसक्ने भएपछि बाढीले गत विहिबार तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो । पुल बगाउँदा बेसीशहर–चामे सडक खण्ड अबरुद्ध बनेको छ । बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाउनुका साथै बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलको भनाई छ ।
