भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय

बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै संयन्त्र परिचालन हुने बताइएको छ । बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने भएको छ ।

घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.