भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेनमाथि चौतर्फी घेराबन्दी, धरानका मेयरले गरे कडा आलोचना

बालेनमाथि चौतर्फी घेराबन्दी, धरानका मेयरले गरे कडा आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि चौतर्फी घेराबन्दी गरिएको भन्दै धरान उपमहानगरपालिकाका मेयरले कडा आलोचना गरेका छन् ।

थापाथली बागमती नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकालाई हटाउने महानगरको निर्णयपछि बालेनमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै मेयर हर्क साम्पाङ बालेनको पक्षमा खुलेका हुन् ।

बालेनमाथि अहिले भइरहेको घेराबन्दीलाई निन्दनीय भएको टिप्पणी समेत गरेका छन् । राईले स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि एक हुने बेला आएको बताए ।

स्थानीय तहको निर्वाचनमा विजयी भएको केही समयपछि हर्क बालेनको चर्को आलोचकका रूपमा देखिएका थिए ।

फोहोर व्यवस्थापनको विषयमा बालेनको उछितो काडेपछि सामाजिक सञ्जालमा हर्कप्रति नकारात्मक टिप्पणी ओइरिएका थिए । तर पछिल्लो समय मेयर हर्क बालेनप्रति निकै नरम देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.