भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बाजुरा, दोलखा र स्याङ्जामा गठबन्धनकै उम्मेदवार अगाडि

बाजुरा, दोलखा र स्याङ्जामा गठबन्धनकै उम्मेदवार अगाडि

काठमाडौं । पछि मतगणना सुरु भएका बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवारको अग्रता छ । तीन जिल्लामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । स्याङ्जा क्षेत्र नम्बर २ मा करिब दुई हजार बढी मतान्तरले कांग्रेसका धनराज गुरुङले अग्रता कायम गरेका छन् ।

उनले २२ हजार ४६० मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् । यस्तै सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ३२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यता बाजुरामा पनि नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् । उनले ९ हजार ९५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले ७ हजार २१० मतसहित पछ्याइरहेका छन् ।

१० वटा मतदान केन्द्रमा पुनः मतदानपछि मात्र मतगणना सुरु भएको दोलखामा पनि गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगाबादुर कार्कीले अग्रता लिएका छन् । ७ हजार ९९५ मत सहित कार्कीले अग्रता कायम गरिरहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन् । बूथ कब्जा भएको भन्दै एमालेको निवेदन पछि १० मतदान केन्द्रमा पुनः मतदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.