भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान

बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान

नयाँदिल्ली, चैत २१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ, साथै, थाइल्यान्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नुहुनेछ ।

सम्मेलनमा बिमस्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका उच्च प्रतिनिधि सहभागी हुन बैङ्कक पुगिसकेका छन् ।बङ्गलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् ।सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीपदबाट हटाएपछि उहाँ नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो ।

हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार बिजेता युनुसले बङ्गलादेशको बागडोर सम्हाल्नुभएको थियो ।भारत हसिनाको सरकारको सबैभन्दा ठुलो हितैषी थियो र उहाँ प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबिचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् । भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गर्नुभएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलङ्का जाने बताउनुभएको छ ।श्रीलङ्काको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलङ्काको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ । गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.