भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बुटवल उपमहानगरपालिकाका प्रमुख र भक्तपुर नगरपलिका प्रमुखबीच भेट सम्पन्न, शैक्षिक सस्थासंग समन्वय गर्ने प्रतिवद्धता

बुटवल उपमहानगरपालिकाका प्रमुख र भक्तपुर नगरपलिका प्रमुखबीच भेट सम्पन्न, शैक्षिक सस्थासंग समन्वय गर्ने प्रतिवद्धता

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुटवल उपमहानगरपालिकाका प्रमुख विष्णुराज सुवेदीले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेटघाट सम्पन्न भएको छ ।

भेटका क्रममा बुटवल उपमहानपा र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति, समस्या र चुनौतीहरु तथा विविध गतिविधिबारे अनुभव साटासाट गरेका छन् ।

नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नपाले जोड दिइरहेको र पुरानो नगर क्षेत्रको निजी घरहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्न नगरबासीहरुलाई आर्थिक सहयोगको व्यवस्था गरी उत्साहित गर्दै आएको बताए ।

भक्तपुरको सामुदायिक शैक्षिक संस्थाहरुको स्तरोन्नतिको लागि नगरपालिकाले राम्रा र उत्कृष्ट विद्यालय तथा कलेजहरुको अनुभवबाट पाठक सिक्दै अगाडि बढिरहेको स्मरण गरे । भेटमा बुटवल उपमहानपाका प्रमुख सेवदीले बुटवलमा सञ्चालित बुटवल टेक्निकल इन्स्टिच्युटलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजहरुबाट आफूहरुले सिक्न चाहेको बताए ।

बुटवल टेक्निकल इन्स्टिच्युटलाई पनि इन्जिनियरिङ कलेजको रुपमा सञ्चालन गर्ने योजना रहेको भन्दै कलेज सञ्चालनको लागि भक्तपुर नपाको समन्वय र सहयोगको अपेक्षा गरेको बताए । भेटमा भक्तपुर नपाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो । भक्तपुर नपाका प्रकाशनहरु, भक्तपुर नपाद्वारा प्रकाशित ‘सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माण’ पुस्तक उपहारस्वरुप प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.