बुटवल । उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएका छन् ।
परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ ।
एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् । वडानम्बर १ बाट मतगणना सुरु भइरहेको छ ।
